
काठमाडौं । पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हप्ताको पहिलो दिन पुस १८ गते शुक्रबार २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य पुस २५ गते शुक्रबारसम्म आइपुग्दा २ लाख ६७ हजार ८०० रुपैयाँ पुगेको हो । यो साता सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत पुस २० गते आइतबार सुनको मूल्य ४ हजार ६०० रुपैयाँ बढेर प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, पुस २१ गते सोमबार पुनः ३ हजार १०० रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, पुस २२ गते मंगलबार भने सुनको मूल्य ४०० रुपैयाँले घट्यो । त्यसदिन सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । पुस २३ गते बुधबार भने सुनको मूल्य यथावत रह्यो ।
त्यस्तै, पुस २४ गते बिहीबार भने सुनको मुल्य २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भयो । त्यस्तै पुस २५ गते शुक्रबार भने २१०० रुपैयाँ बढेर सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस साता चाँदको मूल्यले भने ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला ४ हजार ५०० रूपैयाँमा कारोबार भएको चाँदीले बुधबार तोलाको ४ हजार ९३५ रूपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । त्यसपछिका दिनहरूमा भने चाँदीको मूल्य घट्दो क्रममा रहेको छ । यो साता चाँदीको मूल्य २ हजार ८० रुपैयाँले बढेको छ ।
सोमबार नेपाली बजारमा चाँदीको मूल्य ४ हजार ६८५ रुपैयाँ पुगेको थियो । त्यस्तै मंगलबार पनि बढेर ४ हजार ८८० रुपैयाँ पुगेको चाँदीको मूल्य मंगलबार भने हालसम्मकै उच्च ४ हजार ९३५ रुपैयाँ पुग्यो । त्यस पनि बिहीबार घटेर ४ हजार ८३५ रुपैयाँ र शुक्रबार ४ हजार ७८० रुपैयाँ कायम भएको थियो ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू