
काठमाडौं । पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हप्ताको पहिलो दिन पुस १८ गते शुक्रबार २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य पुस २५ गते शुक्रबारसम्म आइपुग्दा २ लाख ६७ हजार ८०० रुपैयाँ पुगेको हो । यो साता सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत पुस २० गते आइतबार सुनको मूल्य ४ हजार ६०० रुपैयाँ बढेर प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, पुस २१ गते सोमबार पुनः ३ हजार १०० रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, पुस २२ गते मंगलबार भने सुनको मूल्य ४०० रुपैयाँले घट्यो । त्यसदिन सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । पुस २३ गते बुधबार भने सुनको मूल्य यथावत रह्यो ।
त्यस्तै, पुस २४ गते बिहीबार भने सुनको मुल्य २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भयो । त्यस्तै पुस २५ गते शुक्रबार भने २१०० रुपैयाँ बढेर सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस साता चाँदको मूल्यले भने ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला ४ हजार ५०० रूपैयाँमा कारोबार भएको चाँदीले बुधबार तोलाको ४ हजार ९३५ रूपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । त्यसपछिका दिनहरूमा भने चाँदीको मूल्य घट्दो क्रममा रहेको छ । यो साता चाँदीको मूल्य २ हजार ८० रुपैयाँले बढेको छ ।
सोमबार नेपाली बजारमा चाँदीको मूल्य ४ हजार ६८५ रुपैयाँ पुगेको थियो । त्यस्तै मंगलबार पनि बढेर ४ हजार ८८० रुपैयाँ पुगेको चाँदीको मूल्य मंगलबार भने हालसम्मकै उच्च ४ हजार ९३५ रुपैयाँ पुग्यो । त्यस पनि बिहीबार घटेर ४ हजार ८३५ रुपैयाँ र शुक्रबार ४ हजार ७८० रुपैयाँ कायम भएको थियो ।













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै