एनपिएल क्रिकेट : टस जितर चितवन बलिङमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो दिनको पहिलो खेलमा आज चितवन राइनोज र कर्णाली याक्सबीच खेल हुँदैछ । टस जितेर चितवनले बलिङ गर्ने निर्णय गरेसँगै कर्णाली पहिले ब्याटिङ गर्ने भएको हो ।

लिगको यो दोस्रो खेल हो । दुवै टोली जित कासाथ लिगको सुरु गर्ने दाउमा रहनेछ । चितवन यो पटक पनि युवा क्रिकेटर कुशल मल्लको कप्तानीमा रहनेछ । कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहनेछ । कर्णालीसँग राष्ट्रिय टिमका ३ पेस बलरको साथ रहनेछ । ब्याटिङमा भने विदेशी खेलाडीमा कर्णालीले यो सिजन भर गरेको छ ।

अघिल्लो दिन भएको पहिलो खेलमा भने साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको थियो । आजको दोस्रो खेल विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच खेल्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार