एनपिएल क्रिकेट : चितवन विरुद्ध टस जिरे बलिङमा लुम्बिनी लायन्स 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ ।  त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् ।

चितवनको यो दोस्रो खेल हो भने लुम्बिनी आफ्नो पहिलो खेल खेल्दै छ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो ।

लुम्बिनी लायन्सको टिम 

रोहित कुमार पौडेल (कप्तान), सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिषेश गौतम, दिनेश अधिकारी, डार्सी सर्ट, गुल्बदिन नैब, रुबिन ट्रम्पलमेन, जे जे स्मिथ, समिर अली ।

चितवन राइनोजको टिम 

कुशल मल्ल (कप्तान), रिजन ढकाल, देव खनाल, अमर सिंह रौतेला, दीपक बोहरा, कमल सिंह ऐरी, डेविड मलान, रबि बोपारा, सैफ जैब, सोहिल तान्भिर, अर्जुन साउद ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार