
काठमाडौं । बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट सिरिज ऐतिहासिक रुपमा जितेको छ । पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले दोस्रो टेस्ट ६ विकेटको जित निकाल्दै सिरिज २–० ले आफ्नो पक्षमा परेको हो । पहिलो टेस्ट पाहुना टोलीले १० विकेटले जितेको थियो ।
घरेलु टोलीले दिएको १ सय ८५ रनको लक्ष्य बंगलादेशले पाँचौं तथा अन्तिम मंगलवार ४ विकेट गुमाएर पूरा गयो । बंगालादेशका जाकिर हसनले सर्वाधिक ४०, कप्तान नजमुल हसन शान्तोले ३८, मोमिनुल हकले ३४, शद्मान इस्लामले २४ तथा मुस्फिकुर रहिमले २२ रन बनाए । पाकिस्तानका मिर हम्जा, खुर्रम शाहजाद, अबरार अहमद र आगा सलमानले समान १ विकेट लिए ।
घरेलु टोलीले पहिलो इनिङमा १२ रनको सामान्य अग्रता लिएको थियो । उसले दोस्रो इनिङमा १ सय ७२ रन मात्र थप्न सक्यो । उसका लागि आगा सलमानले सर्वाधिक ४७, मोहम्मद रिजवानले ४३, कप्तान शान मक्सुदले २८, सैयब अबयुले २० रन जोडे । पाहुना टोलीका लागि हसन महमुदले १४.३ ओभरमा ४३ रन खर्चिएर ५ विकेट लिए । नहिद रानाले ४ तथा तस्किन अहमदले १ विकेट लिए । लिटन दासको शतकको मद्दतमा पाहुना टोलीले पहिलो इनिङमा मध्यम योगफल तयार गरेको थियो । पाहुना टोली पहिलो इनिङमा २ सय ६२ रनमा अल आउट भएको थियो ।
बंगालादेशका दासले २ सय २८ बलमा सर्वाधिक १ सय ३८ रनको शतकीय पारी खेले । बंगलादेश एक समय २६ रन बनाउदा ६ विकेट गुमाएर खराब अबस्थामा पुगेको थियो । सातौं विकेटका लागि मेहेदी हसन मिराज र दासले १ सय ६५ रनको महत्वपुर्ण साझेदारी गरेर पाहुना टोलीलाई मध्यम योगफलसम्म पुर्याए ।
मिराजले १ सय २४ बलमा ७८, हसन महमुदले नट आउट १३ तथा शाद्मान इस्लामले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानका खुर्रम शाहजादले २१ ओभरमा ९० रन खर्चिएर ६ विकेट लिए । मिर हम्जा र आगा सलमानले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर घरेलु टोलीले ब्याटिङको निम्तो पाएकोमा २ सय ७४ रनमा अल आउट भएको थियो ।
घरेलु टोलीका सैयब अबयु, कप्तान शान मक्सुद र आगा सलमानले अर्धशतकीय पारी खेले । अबयुले सर्वाधिक ५८, कप्तान मक्सुदले ५७ र सलमानले ५४ रन बनाए । बाबर अजामले ३१, साउद सकिलले १६, खुरम शाहजादले १२ तथा अबार अहमदले ९ रन जोडे । पाहुना टोलीका मिराजले २२.१ ओभरमा ६१ रन खर्चिदै ५ विकेट लिए । तस्किन अहमदले ३ तथा नहिद राना र शकिब अल हसनले समान १ विकेट लिए ।













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने