लुम्बिनीलाई चितवनले दियो १४३ रनको लक्ष्य 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाए पछि लुम्बिनीले उक्त लक्ष्य पाएको हो ।

चितवनका लागि रवि बोपाराले सार्वजधिक ६६ रनको योगदान दिए । त्यस्तै कप्तान कुशल मल्लले २१ रनको योगदान दिए । त्यस्तै सैफ अली जैबले पनि १५ रनको योगदान दिए । लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले ३ विकेट लिए । त्यस्तै अभिशेष गौतम र गुल्बदिन नाबीले २–२ विकेट लिए ।

लुम्बिनीको यो पहिलो खेल हो भने चितवनले यस अघि कर्णाली यक्सलाई पराजित गरेर विजयी सुरुवात गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार