
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ७६ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत आफूले लिन चाहेको रकम र सो रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत उल्लेख गरी यही मङ्सिर ८ साँझ ७ः०० बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।
सूचनाअनुसार सो रकम एक वर्षका लागि लगानी गर्न लागिएको हो । सूचनाअनुसार क वर्गको वाणिज्य बैङ्कमा रु तीन अर्ब ८० लाख, ख वर्गका विकास बैंकमा रु ५६ करोड ४० लाख र ग वर्गका वित्त कम्पनीमा रु १८ करोड ८० लाख बराबर लगानी हुनेछ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, केन्द्रीय बैङ्कबाट तोकिएको न्यूनतम कूल पुँजीकोष कायम गरेको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायतका शर्त पूरा गरेको हुनुपर्ने छ ।













समाचार
तीजको दरखाने खर्च बाढीपीडितलाई
१४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय
स्रोत नखुलेको १३ लाख रुपैयाँसहित ठमेलबाट एक युवक पक्राउ
बाढी प्रभावितको राहतका लागि निस्ट फाउन्डेसनको साढे २२ लाख सहयोग
एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा
नक्कली सुन देखाएर एक करोड ३९ लाख ठगी, एक पक्राउ
कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालन, रोकिएका ग्यास बुलेट पास गराइयो
मलेसियास्थित नेपाली राजदूतावासले भन्यो– अवैध बाटो हुँदै थाइल्यान्ड र मलेसिया आउनु जोखिमपूर्ण
जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता