
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको छ।
उनकी पत्नी सीमा गोल्छाले सोमबार सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले उक्त आदेश जारी गरेको हो। इजलासले गोल्छालाई रिहा गर्नु नपर्ने आधार र कारण भए सोसहित २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न पनि निर्देशन दिएको छ। यसअघि सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। सीआईबीले वैशाख १० गते उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा व्यवसायी दीपक भट्टसँग सम्बन्धित धितोपत्र कारोबार प्रकरणमा नाम जोडिएपछि गोल्छा पक्राउ परेका थिए।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन