
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको बीमांकीय मूल्यांकन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) मा बीमा अवधि अनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रति हजारका दरले बोनस दिने भएको छ। यता सावधिक जीवन बीमा योजना (एकल) मा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । त्यसैगरी त्रिपल सावधिक बीमा योजनामा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म, दम्पत्ति सावधिक बीमा योजनामा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने भएको छ ।
त्यस्तै कम्पनीले अग्रिम भुक्तानी योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ४२ रुपैयाँसम्म, वार्षिक अग्रिम भुक्तानी योजनामा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम २१ रुपैयाँसम्म, मुद्दति सुरक्षण बीमा योजना–नियमित शुल्कका सबै बीमा अवधिमा समान २४ रुपैयाँ बोनस दिने भएको छ।














समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान