नयाँ डिजाइनसहित १ हजार रुपैयाँको बैंकनोट प्रचलनमा आउँदै

काठमाडौं । नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ।नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै १ हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ बैंकनोट साविककै आकारमा रङ परिवर्तन गरी चलनचल्तीमा ल्याइएको जनाएको हो। नोटमा बैजनी रंगको घेराभित्र फिक्का हरियो रंग प्रयोग गरिएको छ।

नोटको अगाडिको भागमा सगरमाथाको चित्र र लालीगुराँसको पानीछाप राखिएको छ। पानीछापमा १ हजार अंकसमेत देखिनेछ। प्रकाशतर्फ हेर्दा पूर्ण रूपमा १ हजार अंक देखिने गरी ‘सी थ्रु रजिस्टर’ पनि राखिएको छ।

दृष्टिविहीन व्यक्तिले सहजै पहिचान गर्न सक्ने गरी नोटमा रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखाहरू राखिएका छन्। त्यस्तै सगरमाथाको छेउमा अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र राखिएको राष्ट्र बैंकले जनाएको छ।

nrb

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर