
काठमाडौं । अन्तर्राष्ट्रिय श्रम सङ्गठन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा संचालित सशक्त महिला संवृद्ध नेपाल कार्यक्रमले गोदावरी ६ कैलालीमा रहेको ग्रिन होम प्रा.लि.को परिसरमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना गरेको छ । करिब १० लाखको लगानीमा तयारी गरिएको उक्त संरचनामा बालबच्चा भएका महिला कर्मचारीहरू आफ्नो बच्चाको समय–समयमा हेरचाह गर्न पाउने छन् ।
संरचना भित्र बालबच्चाका लागि पोषणयुक्त खानेकुराको लागि आवश्यक साधन, खेलकुद सामग्रीसहितको व्यवस्था गरिएको छ । यस कक्षमा उनीहरुको लागि उद्योगले सहजकर्ता समेत राख्ने छ । सन्तानको हेरचाहको लागि समय दिन नसक्ने कारण देखाउँदै अधिकांश उद्योग–कलकारखानामा काम गर्ने महिला कर्मचारीहरूले काम छोडिरहेको अवस्थामा कैलाली उद्योग वाणिज्य संघका महासचिव दिनेश लम्सालको सो उद्योग परिसरमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना गरिएको हो । कक्षका लागि आवश्यक आन्तरिक आवश्यक सामाग्री महासंघले उपलब्ध गराएको छ ।
स्याहार केन्द्रको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरतराज आचार्यले यस्ता पहलहरूले अवैतानिक हेरचाह कार्यको बोझ कम गर्दै दिगो विकास र जनशक्ति स्थायित्व जस्ता व्यापक लक्ष्यहरूसँग समन्वय गर्ने बताए । “केयर–अर्थतन्त्रको हिस्साका रूपमा निजी क्षेत्रको साझा प्रतिबद्धता अन्तर्गत, उद्योगका कर्मचारी, विशेषगरी महिलाहरूका लागि कार्यस्थलमै बाल हेरचाह केन्द्र स्थापना भएको छ । यसले कामकाजी अभिभावकहरूलाई सहयोग गर्ने साथै लैङ्गिक समानता प्रवद्र्धन गर्नेछ । यो अभ्यासलाई अन्य उधोगहरुले पनि अनुशरण गर्नु पर्दछ,” उनले भने ।
आफ्नो कम्पनीमा बालबच्चाको समस्याको कारण देखाउँदै अनुभवी महिला कर्मचारीहरूले काम छोड्ने समस्या बढ्न थालेपछि उनीहरूको सन्तानलाई पनि राम्रो वातावरण दिने गरी उद्योग परिसरमा शिशु स्याहार केन्द्र स्थापना गरिएको उद्योगका सञ्चालक लम्सालले जानकारी दिए । लम्सालका अनुसार उद्योगमा अहिले ९२ महिला र ३२ पुरुष कर्मचारी छन् ।
उद्योगमै आफ्ना बालबच्चाहरूको हेरचाह गर्न पाउने भएपछि महिला श्रमिकहरु उत्साहित भएको र शिशु स्याहार केन्द्रमा बालबालिकाहरूको खेल्दै सिक्ने प्रक्रिया अघि बढ्ने उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले जानकारी दिनु भयो । पौडेलका अनुसार शिशु स्याहार केन्द्र तथा स्तनपान र ड्रेसिङ रुम स्थापनाको लागि उद्योगले भौतिक संरचना उपलब्ध गरेको हो ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू