एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भोलि अर्थात् मंसिर ११ गते बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

यस अनुसार नेप्सेमा आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्ने छन् । एनआरएनले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सो लाभांश पारित गर्न कम्पनीले पुस ४ गते, शुक्रबार, आम्रपाली ब्यान्क्वेट, काठमाडौँमा बिहान ९ बजे देखि १३ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सो सभाले लाभांशका साथै बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार