
तनहुँ । जिल्लामा किसान चैते धान खेती भित्र्याउने चटारोमा छन् । दुई समयमा धान खेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य सुरु भइसकेको छ । तनहुँका अधिकांश फाँटमा धान खेती गरिन्छ । जिल्लाका अधिकांश पालिकामा धान खेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धान खेती गरिन्छ ।
व्यास, भानु, भिमाद, शुक्लागण्डकी नगरपालिका, म्याग्दे, आँबुखैरेनी, देवघाट, बन्दीपुर, ऋषिङ र घिरिङ गाउँपालिकामा धान खेती गरिन्छ । भानु, व्यास, म्याग्दे, आँबुखैरेनीका अधिकांश फाँटमा चैते धान खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारका अनुसार जिल्लाका नौ हजार ४६४ हेक्टरमा धान खेती हुने भए पनि एक हजार ८०२ हेक्टरमा चैते धान खेती हुँदै आएको छ ।
मनसुन सुरु भएसँगै चैते धान खेती थन्क्याउन किसान व्यस्त छन् । चैते धान थन्क्याउनासाथ असारे धान (बर्खे धान) रोप्ने चटारो हुन्छ । जिल्लाका चैते धान खेती हुने फाँटमा लगाइएका धान थन्क्याउन भ्याननभ्याइ छ । मनसुन सुरु हुनासाथ बर्खे धानमात्र हुने स्थानमा अहिले रोपाइँ सुरु भइसकेको अधिकृत परियारले बताए । तनहुँ धान खेती हुने पहाडी जिल्लाकै रूपमा पर्ने गरेको उनको भनाइ छ । उक्त क्षेत्रफलमा गरिएको धान खेतीबाट आर्थिक वर्ष २०८०/८१ मा ३७ हजार ९४२ मेट्रिक टन धान उत्पादन भएको छ । त्यसमध्ये आठ हजार ७०४ मेट्रिक टन चैते धान उत्पादन भएको छ ।
चैते धान प्रवद्र्धन कार्यक्रमले यसतर्फ किसान आकर्षित भएका अधिकृत परियारले बताए । थन्क्याउने कार्य चलिरहेकाले चालु आवको तथ्याङ्क आउन बाँकी रहेको छ । उनले भने, ‘सिँचाइ भएको क्षेत्रफल र केही क्षेत्रमा सिँचाइको व्यवस्थापन भएकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।’ भानुको चुँदी, खहरे, सतीघाट फाँट, व्यासको घाँसीकुवा, साँगे, कलेस्ती, माझ, गजौडे, सिसाघाट फाँट, म्याग्देको गुणादी, थर्पु, पसले, सेरा फाँट, शुक्लागण्डकीको ढोरफिर्दी फाँट, भिमादको बुडुवा फाँटलगायत विभिन्न पालिकाका फाँटमा धान खेती हुने गरेको छ । चैते धान विशेष गरी चिउरा उत्पादनका लागि उपयोगी हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।













समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन