
काठमाडौं । झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २० गतेदेखि बिक्री खुला गरेको आईपीओमा आज (भदौ २४ गते) साँझ ५ बजेसम्म मात्रै आवेदन दिन सकिने छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएका सेयर बाँडफाँट गरेपछि आम सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८० हजार १९० कित्ता र विदेशमा कार्यरत नेपालीका लागि ५७ हजार २९ कित्ता सेयर निष्काशन गरेको थियो । दोस्रो चरणमा सामूहिक लगानी कोषलाई २८ हजार ५१४ कित्ता र कर्मचारीलाई ११ हजार ४०६ कित्ता छुट्याइएको छ । बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता सेयर भने सर्वसाधारण लगानीकर्ताले खरिद गर्न पाउनेछन् । उक्त सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका खरिद गर्न सकिने छ । जसको कुल मूल्य ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ हुन्छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । झापा इनर्जीले सञ्चालनमा ल्याएको १० मेगावाट क्षमताको ग्रीडसँग जोडिएको सौर्य विद्युत आयोजनाको अनुमानित लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ । यसका अनुसार प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ पर्छ । आयोजनाको विद्युत अनुमतिपत्र अझै २२ वर्ष बाँकी छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन् ।













समाचार
सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा
अध्यादेशमार्फत विधेयक ल्याएको भन्दै सरकारको आलोचना, सांसदद्वारा समितिमा पठाउन माग
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
मन्त्री प्रतिभा रावलको प्रगति विवरण : २९ घरपरिवारलाई लालपुर्जा वितरण, साढे २ करोड सहकारी पीडितको बचत फिर्ता
सञ्चार मन्त्रीको १०० दिनको प्रगति : करिब ७ हजार राहदानी र १ हजार बढी सवारी चालक अनुमति पत्र हुलाकमार्फत् घरमा पुराइयो
तत्काल सुधार नभए नेपाल ब्ल्याक लिस्टमा पुग्न सक्छ : अर्थमन्त्री वाग्ले
सरकारका सय दिनका उपलब्धि : मन्त्रालय घटाउँदा २० अर्ब बचत
अछाममा चट्याङ लागेर चार जना घाइते