
काठमाडौं । गत असोजको १८ गतेदेखि अविरुल रुपमा परेको बर्षाका कारण भएको क्षतिका बीमा दाबी भुक्तानी सुस्त देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार ४ अर्ब भन्दा माथिको दाबी परेको भए पनि हालसम्म जम्मा ११ करोडको मात्रै भुक्तानी भएको हो ।
उक्त बाढी पहिरोबाट हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा कूल ७९० वटा प्रारम्भिक बीमा दाबीको कूल करिव ४ अर्ब १८ करोड २६ लाख दाबी परेको छ । बीमा कम्पनीहरुले भने हालसम्ममा कूल ९६ वटा दाबीको कूल दाबी रकम ११ करोड १५ लाख बीमितहरूलाई भुक्तानी गरेका छन् । विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४१७ वटा प्रारम्भिक दाबीको दाबी रकम करिव ३ अर्ब ५८ करोड ३२ लाखमध्ये कूल ३३ वटा बीमा दाबीको करिव ९ करोड ६४ लाख र इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीको करिव ५१ करोड ५७ लाखमध्ये कूल ७ वटा दाबीको करिव ९ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।
यसैगरी, कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबीको करिव ४ करोड १४ लाख दाबी रकममध्ये कूल ४२ वटा दाबीको करिव १९ लाख, मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको करिव २ करोड ८२ लाख दाबी रकममध्ये कूल १२ वटा दाबीको करिव १ करोड २० लाख र सामुद्रिक बीमातर्फ ४ वटा बीमा दाबीको करिव रू. ११ लाख प्रारम्भिक बीमा दाबी रकममध्ये २ वटा दाबीको करिव रू. ३ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी भएको अद्यावधिक तथ्याङ्क रहेको छ ।
यस्तै, मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव १ करोड १९ लाख र लघुबीमातर्फ २ वटा दाबीको करिव १२ लाख बीमा दाबी रकमको भुक्तानी प्रक्रिया भने हालसम्म शुरू नभएको अद्यावधिक जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।













समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?