काठमाडौं । शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली अर्थात मंसिर ११ गते बुकक्लोज गर्दैछ ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले मंसिर २५ गते साधारणसभा बोलाएको छ । सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा हुने छ । यो कम्पनीको १० औँ वार्षिक साधारणसभा हो र उक्त सभा बिहान साढे १० बजे सुरु हुनेछ ।