सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५३ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलाको ४५ रुपैयाँले बढेर ३ हजार ३३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार २९० रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार