
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पुससम्ममा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय साढे १३ प्रतिशतले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार गत आवको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १३.३७ प्रतिशतले बढेको हो ।
चालू आवको पुससम्ममा ठूला निर्जीवन बीमा कम्पनीहरुले १४ लाख १९ हजार ५४८ ओटा बीमालेख विक्रीबाट २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत आवको पुससम्म कम्पनीहरूले १३ लाख ८९ हजार ३१९ ओटा बीमालेख बिक्रीबाट २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए । गत आवको तुलनामा चालू आवको पुससम्म कम्पनीहरूको व्यवसाय १३.३७ प्रतिशतले बढेको प्राधिकरणको तथ्यांकले देखाएको छ । यसैगरी गत आवको पुसको तुलनामा चालू आवको पुसमा कम्पनीहरूको व्यवसाय बढेको छ । कम्पनीहरूले गत आवको पुसमा ३ अर्ब ७० करोड बीमाशुल्क संकलन गरेकोमा चालू आवको पुसमा ४ अर्ब १८ करोड रुपैयाँ संकलन भएको छ ।
हाल १४ ओटा कम्पनीले निर्जीवन बीमा सेवा दिँदै आएका छन् । चालू आवको पुससम्ममा सबैभन्दा बढी शिखर इस्योरेन्सले २ अर्ब ७७ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ मात्र संकलन गरेको छ ।
यसैगरी चालू आवको पुससम्ममा लघुबीमा कम्पनीहरूले पनि २ लाख ३० हजार ओटा बीमालेखमार्फत ६२ करोड ६७ लाख रुपैयाँ बराबर बीमाशुल्क संकलन गरेका छन् । गत आवको पुससम्ममा लघुबीमा कम्पनीहरूले १ लाख ६८ हजार बीमालेखमार्फत ४२ करोड २९ लाख रुपैयाँ बराबर बीमाशुल्क संकलन गरेका थिए । हाल नेपाल, प्रोटेक्टिभ, स्टार र ट्रस्ट माइक्रो इस्योरेन्सले निर्जीवन लघुबीमाको कारोबार गर्दै आएका छन् ।














समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व