
काठमाडौं । काठमाडौं उपत्यकाबाट चाडबाडमा घर फर्किने यात्रुको चाप बढेपछि विभिन्न हवाई सेवा कम्पनीहरूले नयाँ गन्तव्यसहित उडान पनि थप गरेका छन् । बाढीपहिरोले देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका कारण हवाई यात्रुले टिकट पाउन धौ धौ परेपछि हवाई कम्पनीहरूले केही गन्तव्यमा उडान थप गरेका छन् भने केही गन्तव्यमै उडान थालेका हुन् ।
श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरका अनुसार श्री एयरलाइन्सले एक गन्तव्यमा नयाँ उडान थालेको छ भने चार वटा गन्तव्यमा आठ वटा उडान थपेको छ । ‘हवाई यात्रुको चाप बढेपछि भरतपुरमा आज (बुधबार) देखि दैनिक एक नियमित उडान सञ्चालन गर्दै छौँ भने नेपालगन्जमा एक, विराटनगरमा दुई, पोखरामा दुई र भैरहवामा तीन उडान थप गरेका छौँ,’ उनले भने ।
यसअघि श्री एयरलाइन्सले काठमाडौंबाट नेपालगन्जमा दैनिक चार वटा, विराटनगरमा तीन, पोखरामा दुई र भैरहवामा दुई उडान गर्दै आएको थियो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले तीन वटा गन्तव्यमा सात वटा उडान थपेको छ । ‘हाल विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी १५० हाराहारी उडान गरिरहेको बुद्ध एयरले यात्रुको चाप बढेपछि दैनिक सात वटा उडान थप गरेको छ । बुद्ध एयरले भरतपुरमा दुई, भद्रपुरमा तीन र जनकपुरमा दैनिक दुई उडान थप गरेको छ,’ उनले भने ।
यसअघि बुद्ध एयरले भरतपुरमा दैनिक पाँच, भद्रपुरमा दुई, जनकपुरमा पाँच, पोखरामा १७, धनगढीमा तीन, सुर्खेतमा तीन र नेपालगन्जमा छ वटा उडान गर्दै आएको उनले जानकारी दिए ।













समाचार
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको दशैं-तिहार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर
आजदेखि उपत्यकामा ११ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साट्न पाइने (सूचीसहित)
लिभरपुललाई हराउँदै सिटीको शतप्रतिशत जित यात्रा
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै