
काठमाडौं । काठमाडौं उपत्यकाबाट चाडबाडमा घर फर्किने यात्रुको चाप बढेपछि विभिन्न हवाई सेवा कम्पनीहरूले नयाँ गन्तव्यसहित उडान पनि थप गरेका छन् । बाढीपहिरोले देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका कारण हवाई यात्रुले टिकट पाउन धौ धौ परेपछि हवाई कम्पनीहरूले केही गन्तव्यमा उडान थप गरेका छन् भने केही गन्तव्यमै उडान थालेका हुन् ।
श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरका अनुसार श्री एयरलाइन्सले एक गन्तव्यमा नयाँ उडान थालेको छ भने चार वटा गन्तव्यमा आठ वटा उडान थपेको छ । ‘हवाई यात्रुको चाप बढेपछि भरतपुरमा आज (बुधबार) देखि दैनिक एक नियमित उडान सञ्चालन गर्दै छौँ भने नेपालगन्जमा एक, विराटनगरमा दुई, पोखरामा दुई र भैरहवामा तीन उडान थप गरेका छौँ,’ उनले भने ।
यसअघि श्री एयरलाइन्सले काठमाडौंबाट नेपालगन्जमा दैनिक चार वटा, विराटनगरमा तीन, पोखरामा दुई र भैरहवामा दुई उडान गर्दै आएको थियो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले तीन वटा गन्तव्यमा सात वटा उडान थपेको छ । ‘हाल विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी १५० हाराहारी उडान गरिरहेको बुद्ध एयरले यात्रुको चाप बढेपछि दैनिक सात वटा उडान थप गरेको छ । बुद्ध एयरले भरतपुरमा दुई, भद्रपुरमा तीन र जनकपुरमा दैनिक दुई उडान थप गरेको छ,’ उनले भने ।
यसअघि बुद्ध एयरले भरतपुरमा दैनिक पाँच, भद्रपुरमा दुई, जनकपुरमा पाँच, पोखरामा १७, धनगढीमा तीन, सुर्खेतमा तीन र नेपालगन्जमा छ वटा उडान गर्दै आएको उनले जानकारी दिए ।













समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान