
काठमाडौं । यो साता नेप्से परिसूचक करिब ३ प्रतिशत घटेर बन्द भएको छ । गत साता २८१८ दशमलव ४३ विन्दुमा बन्द भएको नेप्से यो साता २.९१ प्रतिशतले घटेर कारोबार बन्द भएको हो ।
यो साता सेयर बजार परिसूचक ८१ दशमलव ९५ अंक घटेर २७३६ दशमलव ४८ विन्दुमा झरेको छ । यो साताको ४ कारोबार दिनमध्ये एक दिन मात्रै सेयर बजार बढेको थियो भने बाँकी तीन दिन बजार घटेको थियो । यो साताको अन्तिम कारोबार दिन बुधबार मात्रै नेप्से बढेर बन्द भएको थियो ।
यस साता सेन्सेटिभ इण्डेक्स ११ दशमलव ५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५ दशमलव ३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३ दशमलव ९७ अंक घटेको छ। नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा १२ अर्ब ५१ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ८ अर्ब ७७ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २९.८७ प्रतिशत घटेको हो । यस साता दैनिक औषत सेयर संख्या २६.१५ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २२.३७ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब ३ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता १ खर्ब ३६ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ४३ अर्ब रुपैयाँमा झरेको छ । यो साता १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.३४ प्रतिशत घटेको छ । गत साता ७६१६ दशमलव ९३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३३० दशमलव ३० अंक घटेर ७२८६ दशमलव ६३ विन्दुमा झरेको छ । यो साता विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा कम ०.८८ प्रतिशत घटेको छ ।
अंकका आधारमा यो साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४०० दशमलव १५ अंक घटेको छ । गत साता १४ हजार २३८ दशमलव ४२ विन्दुमा बन्द भएको यो उपसमूहको परिसूचक यो साता १३ हजार ८३८ दशमलव २७ विन्दुमा झरेको छ । त्यस्तै अंकका आधारमा सबैभन्दा कम म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ ।













समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण