सपोर्ट लघुवित्तको १ लाख २२ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरको संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समूहको १ लाख २२ हजार ४४३.४५ कित्ता सेयर सर्वसाधारण समूहमा परिणत भएको हो ।

कम्पनीले संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४० प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेकोमा नेप्सेले सोही बमोजिम मंसिर १५ गते सेयर अभिलेख गरेको जनाएको छ ।

नेप्सेमा यस कम्पनीको कुल १२ लाख २४ हजार ४३४.४९ कित्ता सेयर सूचीकृत रहेको छ । सेयर संरचना परिवर्तन भएसँगै अब कम्पनीका संस्थापक सेयरधनीसँग ७ लाख ३४ हजार ६६०.६९ कित्ता सेयर र सर्वसाधारणसँग ४ लाख ८९ हजार ७७३.८० कित्ता सेयर रहेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार