
काठमाडौं । आज पुस २१ गते नेप्सेमा सूचीकृत ६ कम्पनीहरूको वार्षिक साधारणसभा बस्दैछ । आज महालक्ष्मी विकास बैंक, मिड सोलु हाइड्रोपवार, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी, सिङगटी हाइड्रोपावर, दोर्दीखोला हाइड्रो र युनिक हाइड्रोपावरको साधारणसभा आज बस्दैछ ।
आज एजीएम हुने कम्पनीमध्ये तीन कम्पनीले लाभांश र दुई कम्पनीले हकप्रद सेयरको प्रस्ताव पारित गर्नेछन् । महालक्ष्मी विकास बैंकले ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको सभा आज काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि शुरू हुनेछ ।
त्यस्तै आज मिड सोलु हाइड्रोपावरको पनि साधारणसभा रहेको छ । यो कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७८९० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो निर्णय पारित गर्न आज काठमाडौंको बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि सभा बस्दैछ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
प्रस्ताव पारितका लागि आज काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सभा बस्नेछ । यता सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १ः१ को अनुपातमा, दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले पनि हकप्रद सेयर निष्कासनको प्रस्ताव सहित सभा बस्दैछ भने युनियन हाइड्रोपावरले लाभांश वा हकप्रद प्रस्ताव बिनै वार्षिक साधारणसभा बस्दैछ ।













समाचार
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री
नेपाली क्रिकेट टोलीको बिदाइ
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भारत र बंगलादेशमा साढे ५६ करोड युनिट बिक्री
भारतीय उद्योगपतिलाई नेपालमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह
भारतद्वारा नेपाललाई १३० टनभन्दा बढी सहायता सामग्री हस्तान्तरण
प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
त्रिशूली-१ जलविद्युत् आयोजनामा बेपत्ता ११ जनाको शव फेला
‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका दुई नेपाली ग्राहकको सम्मान
विपद्पछिको पुनर्निर्माणमा सार्वजनिक–निजी साझेदारी र एकीकृत आवास विकासमा जोड