लुम्बिनीविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने, दुवै टोलीमा एक–एक परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजे पछि विराटनगरले पहिले ब्याटिङ गर्ने भएको हो ।

आजको खेलमा लुम्बिनीले एक खेलाडी परिवर्तन गरेको छ । गुल्बदिन नैबको स्थानमा जोनाथन स्मिथलाई ल्याएको छ । त्यस्तै, विराटनगरले पनि आज एक खेलाडी परवर्तन गरेको छ । सेहान जयसूर्यको स्थानमा फाफ डु प्लेसिसलाई प्लेइङ–११ मा ल्याएको छ । विराटनगर किंग्सको टोली ः सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, नारायण जोशी, सुवास भण्डारी, साहिल पटेल, फाफ डु प्लेसिस, हेनरी जर्ज मुन्से, साम हिजलेट र मर्चेन्ट डि लाङगे ।

लुम्बिनी लायन्सको टोली ः रोहित पौडेल, सन्दीप जोरा, सुमित महर्जन, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, डि आर्सी जोन म्याथ्यु सर्ट, जेजे स्मिथ, रुबेन ट्रम्पलम्यान र निरोसन डिकोवेल्ला ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार