
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले विद्यालय छाडेका बालबालिकाको खोजीकार्यलाई तीव्र बनाएको छ । विद्यालय छाडेका बालबालिकाको अभिलेख सङ्कलन, घरदैलो छलफल तथा अभिभावकसँग संवादमार्फत गाउँपालिकाले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न क्रियाशीलता बढाएको हो ।
‘शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित नहुन्’ भन्ने लक्ष्यसहित सुरु गरिएको अभियानले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको छ । गाउँपालिकाले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै ‘नवजात शिशु भविष्य सुरक्षा’ कार्यक्रमअन्तर्गत बालबालिकालाई पाँच वर्षसम्म मासिक पाँच सयका दरले सहयोग उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । यसले अभिभावकलाई बालबालिकाको पठनपाठनमा प्रोत्साहन गर्ने अपेक्षा राखिएको छ । “सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन हामीले विशेष जोड दिएका छौँ”, अध्यक्ष राईले भने, “विद्यालय बाहिर रहेका बालबालिकाको खोजी, विद्यालय छाड्नुका कारण पत्ता लगाउने र तत्काल समाधान गर्ने प्रक्रियालाई निरन्तर सञ्चालन गरिरहेका छौँ ।”
यो अभियानमार्फत विद्यालय बाहिर रहेका १० जना विद्यार्थी पुनः भर्ना गरिएको गाउँपालिकाले जनाएको छ । विद्यालयलाई छाड्ने दर शून्य बनाउन गाउँपालिकाले सचेतनासँगै खोजी अभियान सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार हाल गाउँपालिकामा रहेका ३२वटै सामुदायिक विद्यालयमा शैक्षिक तथा भौतिक सुधारका कार्यक्रम सञ्चालन भइरहेका छन् । “विद्यालय सुधार, सिकाइको गुणस्तर वृद्धि र बालमैत्री वातावरण निर्माणमा हामी निरन्तर केन्द्रित छौँ”, भट्टराईले भने ।
शैक्षिक सुधारसँगै गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम पनि सञ्चालन भइरहेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालयलाई सम्मान तथा आर्थिक प्रोत्साहन प्रदान गरिँदै आएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ । यो गाउँपालिकालाई २०८१ सालमा बालश्रममुक्त स्थानीय तहसमेत घोषणा गरिएको छ । बालमैत्री स्थानीय तह निर्माण गर्न बालश्रमुक्त स्थानीय तह पहिलो शर्त रहेकाले गाउँपालिकाले अहिले यसमा जोड दिएको गाउँपालिकाका रोजगार संयोजक तथा बालश्रमसम्बन्धी विषयका स्रोतव्यक्ति टेकराज खड्काले बताए । गाउँपालिकाले बाल उद्धार कोष निर्माण गरेर आवश्यक कदम अघि बढाएको छ । स्थानीयवासीले गाउँपालिकाले सञ्चालन गरेको यो अभियानले विद्यालय फर्कने विद्यार्थीको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरेका छन् ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू