काठमाडौं । नेपाल प्रियिमर लिग क्रिकेट (एनपिएल) को पहिलो क्वालिफायरमा विराटनगर किङसले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १५६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाए पछि सुदूरपश्चिमले उक्त लक्ष्य पाएको हो ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए । शेल्डन ज्याक्सनले २० रनको योगदान दिए । त्यस्तै आरिफ शेखले २० रनको योगदान दिए । विराटनगरका लागि मर्चेन्ट डे लाङ्गे र प्रतिश जिसीले समान २/२ विकेट लिए । समूह चरणको खेलमा भने विराटनगर सुदूरपश्चिमलाई पराजित गरेको थियो ।