काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको हो ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १०.५२३६२ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृति भएर कम्पनीको आगामी साधारणसभाले पारित गरे पछि सेयरधनीहरुले प्राप्त गर्नेछन् ।