
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई स्टकको सेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत र प्रभु इन्स्योरेन्सको ८.७ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ५ हजार ५७१ रुपैयाँ ४७ पैसा कायम भएको छ भने प्रभु इन्स्योरेन्सको ६८८ रुपैयाँ १३ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा आत्मनिर्भर लघुवित्तको सेयर प्रतिकित्ता ६ हजार ३६५ रुपैयाँ ४० पैसा र प्रभु इन्स्योरेन्सको सेयर प्रतिकित्ता ७४८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह