
काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा बिहिवार (मङ्सीर २५ गते) सिरहामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमाको दायरा विस्तारमा बीमा सचेतनाको महत्व र मधेश प्रदेशमा कृषि तथा पशुपन्छी बीमाको विद्यमान अवस्था लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा सहभागीहरूले वास्तविक कृषकलाई बीमाका बारेमा जानकारी नै नभएको, बीमा गर्ने प्रक्रिया झन्झटयुक्त रहेको, बीमा दाबी भुक्तानीमा समस्या देखिएको, कृषि बीमा अभिकर्तामा समस्या रहेको, कृषकसम्म बीमा कम्पनीहरू नपुगेको र स्थानीय तहले बीमालाई सहयोग पुग्ने गरी कार्यक्रम तथा बजेट ल्याउनु आवश्यक रहेको लगायतका धारणा राखेका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख आर्या रावलले बीमाको परिचय र महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र कृषि तथा पशुन्छी बीमाको दायरा विस्तारमा सरोकारवालाहरूको भूमिका लगायतका विषयमा प्रस्तुती गरेकी थिइन् ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा, कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र कुमार महासेठ, कृषक, बीऊविजन तथा कृषि व्यवसायी, निर्जीवन बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर र कृषि बीमा अभिकर्ता लगायतको सहभागिता रहेको थियो ।













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज