प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से 

काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२९ अंकले घटेर २५९३.५७ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.०८ अंकले बढेर ४४५.५९ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा २२ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको घटेको छ । त्यस्तै आज ४ कम्पनीको सेयर मूल्य उक्त सेसनमा स्थिर रहेको छ ।

आजको प्रि ओपन सेसनमा ३९ कम्पनीका ९ हजार ९०० कित्ता सेयर ५३ पटक खरिद बिक्री हुँदा १ करोड २२ लाख ५३६ रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार