काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन पनि कीर्तिमान कायम गरेको सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो ।
आज सुन तोलामा ९० रुपैयाँ र चाँदी १६५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ६७ हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलाको १६५ रुपैयाँले बढेर ४ हजार ४२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।