सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम ३ अर्ब माथि 

काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन पनि बढेर कारोबार भएको छ । अघिल्लो दिन पनि सामान्य बढेको सेयर बजार आज पनि १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १४२ कम्पनीको सेयर मूल्य घटेको छ भने १११ कम्पनीको बढेको छ । त्यस्तै आज ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.९४ अंकले बढेर ४४८.५३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य घटेको छ भने ६ वटाको बढेको छ ।

परिसूचक सामान्य अंकले बढेको दिन सेयर बजारमा ३ अर्ब माथिको कारोबार भएको छ । आज ३३४ कम्पनीका ७२ लाख २४ हजार ९१७ कित्ता सेयर ६२ हजार ७६८ पटक खरिद बिक्री हुँदा ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार