
इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी छ। चुलाचुली गाउँपालिकाका चार वटा वडाहरू १, ४, ५ र ६ को गणना सकिँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पुन अग्रता लिएका छन् ।
पहिलो पटक सार्वजनिक भएको मत परिणाममा सुहांगले अग्रता लिएका थिए । दोस्रो पटक सार्वजनिक भएको मत परिणाममा श्रम संस्कृति पार्टीका सुदिप राईले अग्रता बनाएका थिए । पछिल्लो आधिकारिक विवरणअनुसार एमालेका सुहाङ नेम्वाङले २,०६२ मत प्राप्त गर्दै आफ्नो अग्रता कायम राखेका छन्। उनलाई श्रम संस्कृति पार्टीका सुदिप राईले १,९२५ मतका साथ कडा टक्कर दिइरहेका छन्। सुहाङ र सुदिपबीचको मतान्तर मात्र १३७ रहेको छ।
नेपाली काँग्रेसका भेषराज आचार्य ८८१ मत पाएका छन् । रास्वपाका गोकुल बहादुर राईले ८०५ मत पाएका छन् । अहिलेसम्म ६,५६९ मत गणना भएकोमा ४३० मत बदर भएको छ।












समाचार
ठेकेदारको लापरबाहीले तीन महिनादेखि, दुई सय परिवार खानेपानीबाट वञ्चित
एभर्टनको विजयी सुरुवात
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
एस्पीको निर्णायक गोलमा रियलको विजयी सुरुवात
बङ्गालको खाडीमा २४ जना सवार मालवाहक जहाज डुब्यो
म्यानचेस्टर युनाइटेड हलसँग पराजित
जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने
प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने
साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता