
काठमाडौं । यस साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। गत साता २६४९.५१ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.१५ प्रतिशत अर्थात ३.८९ अंक बढेर २६५३.४० विन्दुमा बन्द भएको हो ।
यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स २.१३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक बढेको छ । नेप्से सामान्य बढेपनि यस साता कारोबार रकम भने घटेको छ । गत साता दैनिक औषतमा ४ अर्ब २ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ८.४४ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ०.८५ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १६.२५ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण भने ०.५४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ३४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २४ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ।
यस साता १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ । यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशत बढेको छ । गत साता १४१६.२४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १९.४९ अंक बढेर १४३५.७३ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको छ।
यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.३५ प्रतिशत घटेको छ । गत साता १० हजार ६९७.९५ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १.३५ प्रतिशत अर्थात १४४.५९ अंक घटेर १० हजार ५५३.३६ विन्दुमा झरेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको हो ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै