
काठमाडौं । मञ्जुश्री फाइनान्सको नाफामा सुधार देखिएको छ । फाइनान्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा १५.६३ प्रतिशतले वृद्धि भएको हो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा फाइनान्सले १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ११ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र गैर सञ्चालन आम्दानी बढेसँगै फाइनान्सको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३.८७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २.०३ प्रतिशत घटेको छ । त्यसैगरी, समीक्षा अवधिमा फाइनान्सको कुल सञ्चालन आम्दानी १२.६४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११.५४ प्रतिशत घटेको छ । पुस मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा रहेको छ । नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी २ रुपैयाँ ७१ पैसा बढेर २० रुपैयाँ ३ पैसा पुगेको छ।
सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ३९.८९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ ।
१ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस फाइनान्सको जगेडा कोषमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा फाइनान्सले २२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?