
काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले हवाई महंगोमा हवाइ टिकट बिक्री गरेको भन्दै अनर्गल प्रचार भएको भन्दै गम्भिर ध्यानाकर्षण गराएको छ । संघले आज विज्ञप्ति जारी गरेर सरकारले तोकेको दरमा नै हवाइ टिकट काटेको भन्दै महंगोमा टिकट बिक्री गरेको भ्रम सिर्जना गरिएको भन्दै यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारवाही गर्न माग गरेको हो ।
‘विगत केही दिन देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु अत्याधिक हवाई चापका कारणले समयमा उडान नभई ढिलाई भईरहेको तथा वायुसेवा कम्पनीहरुले नेपाल सरकारले तोकिएको दरमा नै हवाई टिकट बेचि रहेको अवस्थामा पनि महंगो दरमा हवाई टिकट वेचिएको भनी हाम्रा सदस्य वायुसेवा कम्पनीहरुको चेक इन काउण्टर तथा अफिसहरुमा गई आम जनसमुदायलाई भ्रम उत्पन्न गर्ने खालका अनर्गल प्रचार प्रसार गरी कर्मचारीहरु माथि अभद्र व्यवहार तथा हुलहुज्जत भएको प्रति यो संघ घोर भर्त्सना गर्दछ । सो कार्यमा संलग्नहरुको पहिचान गरि कानूनी रुपमा कारवाही गर्न समेत यो संघ माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै हवाईसेवा सम्वेदनशील सेवा भएकोले यस प्रकारको गतिविधिले हवाई सुरक्षामा प्रतिकुल असर पार्ने हुदा सम्बन्धित सबै निकाय चनाखो भई यस प्रकारको घटनालाई निरुत्साहीत गर्न पनि संघ जोडदार माग गरेको छ । विगत केही दिन अघि आएको अविरल वर्षाको कारण देशका विभिन्न भागहरुमा बाढी पहिरो जानुका साथै सडक तथा सञ्चार संजालहरु पूर्ण रुपमा विक्षेद भएको तथा हिन्दूहरुको महानचाड बडा दशैं नजिकिदै गई रहेको अवस्थामा वायुसेवा कम्पनीहरुले अहोरात्र खटीई आफ्ना सेवा प्रदान गरि रहेका बेलामा यस्ता घटना घट्नु निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘यसरी नागरिकको सेवामा अहोरात्र खटिने कर्मचारीहरुलाई सुरक्षाको पूर्ण प्रत्याभुति दिन नसकेमा सुरक्षाको कारणले सम्पूर्ण नियमित उडानहरु बाध्य भै स्थगन गर्नु पर्ने अवस्था सृजना हुने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।













समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए