काठमाडौं । भोलि सेयर बजार बन्द हुने भएको छ । सरकारले ‘क्रिसमस डे’ का दिन सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द रहने भएको हो ।
अब सेयर बजार आइतबार मात्र खुला हुने छ । क्रिसमसको दिन सार्वजनिक बिदा भएपनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आरटीजीएस सञ्चालन रहने जानकारी दिएको छ ।