
काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेर कारोबार बन्द भएको छ । अघिल्ला दुई दिन लगातार रुपमा घटेको बजार आज भने १९.७० अंकले बढेर बन्द भएको हो ।
दिनभरको घटबढ पछि अन्तिममा १९.७० अंकले बढेर नेप्से परिसूचक २८५१.०९ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको घटेको छ । त्यस्तै आज ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि ३.२६ अंकले बढेर ४८४.८४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये ११ वटाको सेयर मूल्य बढेको छ भने २ वटाको घटेको छ । आज परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन १२ अर्ब ९६ करोड माथिको कारोबार भएको थियो भने आज ११ अर्ब माथिको मात्रै कारोबार भएको छ ।
आज ३३९ कम्पनीका २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर १ लाख ३७ हजार ८५७ पटक खरिद बिक्री हुँदा ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँको कारोबार भएको छ । मंगलबार सेयर बजारमा ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
फिफा विश्वकप २०२६: आज राउन्ड अफ ३२ का अन्तिम ३ खेलहरू हुँदै
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश
बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त
सात वटा विश्वविद्यालयमा एकैचोटी उपकुलपति नियुक्त
जनताको आकांक्षा पूरा हुने गरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
उच्च प्रतिफल दिने क्षेत्रमा लगानी बढाउनुपर्छ : गभर्नर पौडेल
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा भोला थापा नियुक्त
आयल निगममा ओभरटाइम भत्ता कटौती गर्ने सरकारको तयारी
नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा सेबोनका नवनियुक्त अध्यक्षलाई बधाई तथा पुँजी बजार सम्बन्धित छलफल