केएमसी बास्केटबल पुस २७ गतेदेखि

काठमाडौं । केएमसी स्कुलको आयोजनामा पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता पुस २७ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा ३६ टिमको सहभागिता रहने केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले जनाएका छन् ।

सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १२ र सिनियर गल्र्समा ८ टिमले भाग लिने छन् । सिनियर÷जुनियर ब्वाइजलाई ४ तथा सिनियर गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा कश्यप र सिनियर गल्र्समा रिब्स डिफेन्डिङ च्याम्पियन हुन् । माघ ३ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित आयोजककै कोर्ट खेलाइने छ ।

 

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार