चौथो टेष्टको एकैदिन २० विकेट गुम्यो, अस्ट्रेलियालाई सामान्य अग्रता

काठमाडौं । इङ्ल्याण्ड र अस्ट्रेलियाबीचको एशेज टेष्ट सिरिज अन्तर्गत चौथो खेलको पहिलो दिन नै २० विकेट गुमेको छ । यी दुई टोलि बीचको यो खेलको पहिलो दिन नै दुवै टोलि अलआउट भएका हुन् । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलि १५२ रनमा अलआउट भएको थियो । त्यस पछि आफ्ना पहिलो पारी थालेको भ्रमणकारी टोलि पनि पहिलो दिन नै ११० रनमा आलआउ भएको हो ।

यो सँगै पहिलो पारीमा घरेलु टोलिले ४६ रनको अग्रता लिएको छ । यो इङ्ग्ल्यान्डका ह्यारी ब्रुकले सर्वाधिक४१ रन बनाए । अस्ट्रेलियाका माइकल नेसरले ४ विकेट लिए । अस्ट्रेलियाका माइकल नेसरले सर्वाधिक ३५ रन बनाए । इङ्ग्ल्यान्डका जोश टङ्गले ५ विकेट लिए ।

यस्तै दोस्रो पारीको ब्याटिङ शुरू गरेको अस्ट्रेलियाले पहिलो दिनको खेल सकिँदा विना विकेट ४ रन बनाएको छ । योसँगै अस्ट्रेलियाले ४६ रनको अग्रता लिएको छ । एशेज टेस्ट शृङ्खला अस्ट्रेलियाले यसअघि नै जितिसकेको छ । अस्ट्रेलियाले पहिलो टेस्ट ८ विकेट, दोस्रो टेस्ट ८ विकेट र तेस्रो टेस्ट ८२ रनले जितेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार