
काठमाडौं । कमला कार्की स्मृति प्रतिष्ठानले कराते खेलाडी सानुमाया थिङलाई आइतबार नगदसहित सम्मान गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै चन्द्रागिरी नगरपालिकासंगै देशको गौरव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएवापत दसौं स्मृति दिवसका अवसरमा सानुमायालाई सम्मान गरिएको हो ।
विश्व कराते च्याम्पियनसिपमा छनोट हुँदै प्रतिस्पर्धा गरेकी काता खेलाडी सानुमायाले दक्षिण एसियाली कराते च्याम्पियनसिप, एसिया प्यासिफिक कराते च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी छन् । प्रतिष्ठानले विगतमा भलिबलका सलिना श्रेष्ठ, प्रतिभा माली र रेश्मा भण्डारी, बक्सिङकी ललिता महर्जन, करातेकी अन्जली महर्जनलगायतलाई सम्मान गरेको थियो ।
चन्द्रागिरी नगरपालिकाको तीनथानस्थित ब्राइट फ्युचर स्कुलमा आयोजित सोही कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिला पत्रकार विष्णु पन्थी, कलाकार/अभियन्ता डा. सुन्जु भट्ट बस्नेत, जेष्ठ नागरिकद्वय नानी कार्की र साहिली कार्कीलाई पनि सम्मान गरिएको थियो । सम्मानित सबै चन्द्रागिरी नगरपालिकाका हुन् । उनीहरुलाई नेपाल पत्रकार महासंघकी सभापति निर्मला शर्मा, पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सांसद केशव पोख्रेल, प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्की, संरक्षक अम्बिका बुढाथोकीलगायतले जनही १५ हजार १ रुपैयाँ नगदसहित दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
त्यसै अवसरमा संस्था सम्मानतर्फ सिर्जनशील अपाङ्ग पुनस्र्थापना तथा विशेष शिक्षा विद्यालयलाई १ लाख १ रुपैयाँ प्रदान गरिएको थियो ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम