काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला चार हजार ५०० रुपैयाँमा आइपुगेको छ ।