
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा साढे ६१ करोड भन्दा बढी नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ६१ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको हो ।
जुन गत आर्थिक वर्षको तुलनामा २.३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको यस्तो नाफा ६० करोड २७ लाख रुपैयाँ रहेको थियो । कम्पनीको कुल बीमा शुल्क आर्जन २ अर्ब २४ करोड २१ लाख रुपैयाँबाट बढेर २ अर्ब ५० करोड ६७ लाख रुपैयाँ पुगेको छ । यता, कम्पनीको खुद बीमा शुल्क आर्जन समेत उल्लेख्य बढेर २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
यसअवधिमा कम्पनीको चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँ र रिटन्र्ड अर्निङ ४५ करोड ५५ लाख रुपैयाँ रहेको छ । चालु आवको पुस मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.५७ रुपैयाँ र पिई रेसियो ६७.२८ रहेको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह