हिमालयन रि इन्स्योरेन्सको मुनाफा ६१ करोड ६९ लाख

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा साढे ६१ करोड भन्दा बढी नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ६१ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको हो ।

जुन गत आर्थिक वर्षको तुलनामा २.३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको यस्तो नाफा ६० करोड २७ लाख रुपैयाँ रहेको थियो । कम्पनीको कुल बीमा शुल्क आर्जन २ अर्ब २४ करोड २१ लाख रुपैयाँबाट बढेर २ अर्ब ५० करोड ६७ लाख रुपैयाँ पुगेको छ । यता, कम्पनीको खुद बीमा शुल्क आर्जन समेत उल्लेख्य बढेर २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

यसअवधिमा कम्पनीको चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँ र रिटन्र्ड अर्निङ ४५ करोड ५५ लाख रुपैयाँ रहेको छ । चालु आवको पुस मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.५७ रुपैयाँ र पिई रेसियो ६७.२८ रहेको छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार