प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

काठमाडौं । आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ । साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव २८ अंकले घटेको हो ।

आजको प्रि ओपन सेसनामा सेन्सेटिभ इन्डेक्स भने ० दशमल २३ अंकले बढेर ४४७ दशमलव ५० विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको घटेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य आजको उक्त सेसनमा स्थिर रहेको छ ।

आजको प्रि ओपन सेसनमा ३८ कम्पनीका ७ हजार ९२१ कित्ता सेयर ७६ पटक खरिद बिक्री हुँदा ३६ लाख ६४ हजार ९७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार