एनआईसी एशिया बैंकले हकप्रद जारी गर्ने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ को अनुपातमा ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले तत्काल कायम रहेको साधारण शेयरको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको २ बराबर १ को अनुपातमा ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ मूल्यका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।\

यसका लागि पूर्व सहमतिको लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरिएको र राष्ट्र बैंकको सहमति पछि बैंकको वार्षिक साधारणसभामा सोको स्वीकृतिका लागि प्रस्ताव पेश गरिने कम्पनी सचिव कमल खड्काले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार