काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले केही संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले बिक्रीमा राखिएको सेयर संख्या र सेयरधनीबारे विवरण भने खुलाएको छैन । संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई नै दिनु पर्ने भएकाले इच्छुक विद्यमान सेयरधनीले मात्रै सेयर किन्न सक्नेछन् । सेयर किन्न चाहने सेयरधनीले आगामी ३५ दिनभित्र शिखर इन्स्योरेन्सको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्नु पर्नेछ । साथै तोकिएको समयावभिधित्र संस्थापशक सेयरधनीबाट सेयर खरीदका लागि निवेदन नआएमा सर्वसाधारणलाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।