
झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१÷८२ को जेठसम्ममा रु १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो ।
गत आव २०८०/८१ को सोही अवधिमा रु १६ अर्ब ६७ करोड २८ लाख ४० हजार सङ्कलनको लक्ष्य राखिएकामा ७७.५६ प्रतिशतमात्र राजस्व सङ्कलन भएको थियो । कार्यालयको तथ्याङ्कानुसार चालु आवको ११ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थ आयातबाट ६०.८१ प्रतिशत अर्थात् रु आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार सङ्कलन भएको छ ।
यसैगरी तरकारी आयातबाट रु ६२ करोड ४४ लाख ९६ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट रु ४० करोड ७४ लाख ५० हजार, खनिज उत्पादनबाट रु २७ करोड ५१ लाख ९१ हजार, कफीबाट रु २१ करोड ५४ लाख ७० हजार, दलहनबाट रु २० करोड ७७ लाख ३९ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए।
मेची भन्सारबाट चालु आवको ११ महिनामा रु २३ अर्ब २८ करोड ३५ लाख ५६ हजार बराबरको वस्तु निर्यात हुँदा रु २३ करोड ७५ लाख १९ हजार राजस्व सङ्कलन भएको छ । यसैगरी सोही अवधिमा रु ४० अर्ब ७७ करोड छ लाख ४८ हजार बराबरको वस्तु आयात गरिँदा रु १४ अर्ब २० करोड १७ लाख १८ हजार राजस्व सङ्कलन भएको छ ।













समाचार
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन