
काठमाडौं । सिराहामा करेन्ट लागेर टिपर चालकको मृत्यु भएको छ। शुक्रबार बिहान पौने ९ बजेतिर प्र.२–०–००१ क ००४५ नम्बरको टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सिराहाको गोलबजार नगरपालिका– ३ का ४३ वर्षीय सन्तोष साह छन्। गोलबजार-२ गुरुधाम जाने बाटोमा आज बिहान टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि स्थानीय हेल्थ केयर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। टिपरको पछिल्लो भाग सफा गर्ने क्रममा हाइड्रोलिक उठाउँदा विद्युत् प्रसारण लाइनमा छोएपछि टिपरमा आगलागी भएको जिल्ला प्रहरीकाे भनाइ छ ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम