काठमाडौं । नेपाली टोली साफ महिला फुटसल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा मंगलबार श्रीलंकासँग २–२ को बराबरीमा रोकिएको छ । बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा नेपालले पहिलो हाफमा लिएको २–१ को अग्रता रक्षा गर्न सकेन ।
नेपालले पहिलो मिनेटमै गोल खाएको थियो । मनीषा थापामगर र विमला चौधरीको गोलमा नेपालले श्रीलंकाविरुद्ध २–१ अग्रता लियो । दोस्रो हाफमा श्रीलंकालाई दबाबमा राखे पनि नेपालले गोल गर्न सकेन । श्रीलंकाले एक गोल गर्दै नेपालविरुद्ध अंक खोस्न सफल भयो । नेपालले बिहीबार आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग खेल्नेछ । श्रीलंकाको भेट पाकिस्तानसँग हुनेछ ।