प्रभु बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न, सबै प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। साधारण सभाले आ.व. ०८१-०८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र अन्य अनुसूचीहरू पारित गरेको छ।

साथै, सभाले बैंकका सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको आ.व. २०८१-०८२ को एकीकृत वित्तीय विवरण पनि स्वीकृत गरेको छ। सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मत पारित भएका छन्।

प्रभु बैंकले हाल देशभर ३१२ शाखा कार्यालय, ६८ एक्स्टेन्सन काउन्टर र २६९ एटिएम मार्फत ३७ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार