
रोल्पा । रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन विजयी भएका छन् । नेकपाका उम्मेदवार वर्षमान पुनले २७ हजार ४६० मत प्राप्त गर्दै विजयी भएका हुन् ।
त्यस्तै, प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १२ हजार ८ मत पाएका छन् । रास्वपा बालराम थापाले १० हजार ८९४ नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत पाएका छन्। नेकपा माओवादीका चुडामणि वलीले ३ हजार ७१४ पाएका छन् । रोल्पामा १ लाख ४९ हजार ५ सय ९७ मतदाता रहेका थिए । जसमा ६८ हजार ७७६ अर्थात ४६.३९ प्रतिशत मत रोल्पामा खसेको थियो । ६५ हजार ६३२ मत सदर हुँदा ३ हजार १४४ मत बदर भएको छ । रोल्पामा २०७४ र २०७९ को चुनावी अवस्था ।
कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी हुन्। २०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग र २०७९ मा कांग्रेससँग गठबन्धन गरेर प्रतिस्पर्धा गरेको थियो। दुवै गठबन्धबाट वर्षमान पुन विजयी भएका थिए। २०७९ मा कांग्रेससँगको चुनावी तालमेलमा पुन ४१ हजार ७ सय १४ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका प्रतिस्पर्धी एमालेका पूर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत ल्याए।
२०७४ मा एमालेसँगको गठबन्धनमा पुनले ४२ हजार ८४ मत पाएर चुनाव जितेका थिए भने प्रतिस्पर्धी कांग्रेसका अम्मरसिंह पुनले २० हजार ३ सय ३७ मत प्राप्त गरेका थिए। पुनले रोल्पाबाट तेस्रोपटक उम्मेदवार बनेर पुनः ह्याट्रिक जित प्राप्त गरेका छन् ।













समाचार
नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने
लालीगुराँस र मनास्लु सेमिफाइनलमा
करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ
ट्रम्पको हेलिकप्टर यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको घटना छानबिनमा
आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण आवश्यक : अध्यक्ष अग्रवाल
लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता
नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना परे संक्षिप्त सूचीमा, २५ गते अन्तर्वार्ता हुने
सूचीकृत कम्पनीहरूलाई असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन