काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभरको मत परिणाम आउने क्रम जारी रहेको छ । देश भर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर चलिरहेको अवस्थामा एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा रास्वपाकी उम्मेदवार तथा पूर्व समानुपातिक सांसद विनिता कठायतले जमानत समेत जोगाउन सकिनन् ।
अघिल्लो पटक समानुपातिक सांसद भएकी कठायतले यो पटक प्रत्यक्षमा जम्मा ४२१ मत मात्रै प्राप्त गरेपछि उनको जमानत जफत भएको छ । जुम्लामा यसपटक पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाही विजयी भएका छन् । शाहीको जितसँगै राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा पहिलो जित निकालेको छ ।
रास्वपाकी उम्मेदवार कठायतले हजार मत पनि कटाउन नसकेपछि निर्वाचन आयोगको व्यवस्थाअनुसार उनको जमानत जफत भएको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट